१२ख.१ भौतिक विकास सम्बन्धी योजना सञ्चालन गर्ने संस्थालाई समितिले देहायका कुनै सुविधा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्न सक्नेछः–
१२ख.१.१ भौतिक विकास सम्बन्धी योजना सञ्चालन गर्न प्राविधिक सहयोग उपलब्ध गराउन,
१२ख.१.२ त्यस्तो संस्थालाई आवश्यक पर्ने जग्गा खरिद गर्न बित्त कम्पनी, वित्तीय संस्था वा बैंकबाट सहुलियत प्राप्त क्षेत्र सरह ऋण उपलब्ध गराउन सिफारिस गर्न,
१२ख.१.३ त्यस्तो संस्थालाई आवश्यक पर्ने जग्गा प्रचलित कानुनबमोजिम उपलब्ध गराउन ।
१२ख.२ कुनै संस्थालाई भौतिक विकास सम्बन्धी योजना तर्जुमा तथा सञ्चालन गर्ने सिलसिलामा जग्गा खरिद गर्नु परेमा समितिको सिफारिसमा नेपाल सरकारले त्यस्तो जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुरमा पचास प्रतिशत रकम छुट दिन सक्नेछ ।
तर त्यस्तो संस्थाले सञ्चालन गरेको भौतिक विकास सम्बन्धी योजना कुनै कारणले कार्यान्वयन हुन नसकेमा सो संस्थाले नेपाल सरकारबाट छुट पाएको रजिष्ट्रेशन बापतको रकम र सो रकमको प्रचलित कानुनबमोजिमको ब्याज नेपाल सरकारलाई बुझाउनु पर्नेछ ।
१२ख.३ भौतिक विकास सम्बन्धी योजना सञ्चालनको लागि कुनै संस्थालाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न छुट दिनु परेमा समितिको सिफारिस र हदबन्दी छुट दिने सम्बन्धित निकायले तोकेको शर्त र सहमतिमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमाजिमको हदबन्दी व्यवस्था त्यस्तो संस्थाको सो जग्गाको हकमा लागू नहुने गरी छुट दिन सक्नेछ ।
तर त्यस्तो योजना कार्यान्वयन नै नगरेमा वा समितिले तोकिदिएको शर्त वा मापदण्ड अनुसार कार्यान्वयन नगरेको भनी समितिले निर्णय गरेमा त्यस्तो संस्थाले जग्गाको हदबन्दी सम्बन्धी सुविधा पाउने